-  Lundi 21 September 2020

राजेश हमाल प्यारिसमा

 -  Binod Khakurel

फ्रान्स नेपाल, प्यारिस १२ अक्टोबर २००६                             अन्य तस्बिर र भिडेओ ब्लग आउदै छ...
अमेरिकाको न्युयोर्क र कोलोम्बस शहरमा बसोबास गर्ने आफ्ना दिदी-बहिनी रेखा र रुपा सँग भाइटिका मनाउन जाने क्रममा राजेश हमाल लन्डन हुदै गत शुक्रबार ६ तारिकका दिन प्यारिस आइपुग्नु भयो।

फ्रान्स नेपाल इन्फो द्वारा बुधबार साझ आयोजित एक कार्यक्रममा प्यारिसमा बसोबास गर्ने नेपालि चलचित्रप्रेमि र उहाँका प्रसंसकहरु बिच घन्टौसम्म थुप्रै विचारहरु आदानप्रदान भयो।

आजको आधुनिक संसारमा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकको चलचित्र ब्यवसायको स्थिति र यसको भविष्य कस्तो हुन सक्छ भन्ने बिषयमा उहाँको अभिब्यक्ति निकै मननिय रहन गयो।

८-१० वर्ष अघि स्वर्ण युगमा अघि बढिरहेको नेपाली चलचित्र उद्योग आज दयनिय स्थितिमा आइपुगेको छ, कयौ ब्यक्तिहरु बेरोजगार भइरहेका छन भने कतिपय सफल कलाकारहरु समेत हरेस खाएर त कतिपय शान्ति सुरक्षाको अभावमा विदेशीन पुगेका छन ।

राजनैतिक अस्थिरता र अन्योलको वातावरण नै हाम्रो देशको प्रगतिको बाधक हो। यसको समाधानको निमित्त देश भित्र र बाहिरका युवाहरु उठेर अगाडि आउनु पर्छ भन्ने धारणा हमालको थियो।

तपाई गणतन्त्रको पक्षमा हुनुहुन्छ भन्ने प्रस्नको उत्तरमा उहाँको बिचार थियो "स्वच्छ तरिकाले सबिधान सभाको निर्वाचन गराउनु पर्छ र त्यसले जुन परिणाम निकाल्छ त्यो बिना अपबाद सबैले स्विकार गर्नु पर्छ"।

'विकसित मुलुकहरूले २/३ सय वर्षघि नै राजनीतिक क्रान्ति गरी राजा-रजौटाहरूलाई थान्को लगाएर आज अर्थतन्त्र, सञ्चार, विज्ञान र प्रविधिजस्ता क्षेत्रमा जोडतोडका साथ अघि बढिरहेका छन्। हामी भने अझै पनि राजनीतिक समस्यामै रुमल्लिरहनु हाम्रो दुर्भाग्य हो' -हमालको राजनीतिक विश्लेषण थियो।

विवाहको प्रसङगमा भने किन यत्रो कन्जुस्याइ नि राजेशजि भन्दा गहिरो हाँसो छोड्दै उहाँले भन्नु भयो "त्यसो होइन, सुरुमा घरजममा भन्दा कलाकारितामा तन मनले लागिपरियो र आज ४० नाघिसकेछु तर जिवनसाथीको निमित्त हृदयको ढोका खुल्ला छ"।

 यो कार्यक्रम २ दिन अघि मात्रै तयगरिएको भए पनि ८० जना भन्दा बढि प्यारिसबासी नेपाली चलचित्रप्रेमि र नायक हमालका शुभचिन्तहरु निकै उत्सुकतापूर्वक आयोजना गरिएको रेस्टुरा नै खचाखच हुने गरि आईपुगेका थिए।  
 
न्युयोर्कमा आफ्ना दिदी-बहिनीहरु सँग भाइटिका थाप्ने गहिरो चाहना सम्हाल्‍दै राजेश हमाल बिहिबार प्यारिसबाट पुन लन्डन तर्फ प्रस्थान गर्नु भयो।
 
कति भाग्यमानि ति चेलीहरु जस्ले राजेश जस्तो माया र ममताको घडा छचल्काउदै सात समुन्द्र पार गरेरै भएपनि टिका थाप्न आइपुग्ने दाजु (भाइ)पाउनु भएछ।

धन्य होस् उहाँहरुको प्रेम, अनि शुभकामना दिपावलीको!

 

 

© FRANCE NEPAL info

Lire d’autres articles de Binod Khakurel




Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com