माओबादी नेताहरु प्यारिसको नेपाली समुदायमाझ अन्तरक्रिया कार्यक्रममा
- Binod Khakurel
युरोपको राजनैतिक भ्रमणमा रहनुभएका नेकपा माओवादीका राष्टिय नेताद्वय दिनानाथ शर्मा तथा शुरेस आलेमगर आगामि बिहिबार नोभेम्बर २ तारिकका दिन प्यारिस् आइपुग्दै हुनुहुन्छ ।
जनप्रगतिशिल फोरुम र नेपालि लोकतान्त्रिक मन्च फ्रान्सको सकृयतामा प्यारिस बासि नेपाली समुदायमाझ नेपालको बर्तमान राजनैतिक स्थिति र शान्तिवार्ता लगायतका बिषयहरुमा सोहि २ तारिककै दिन एक बिशेस छलफल कार्यक्रमको आयोजना गरिने भएको छ।
यो कार्यक्रम नेपालि लोकतान्त्रिक मन्च तथा एन आर एन फ्रान्सका अदक्ष अशोक न्यौपानेको निबास 103 rue Lesgendre, 75017 Paris मा दिउसो २ बजे देखि साझ ६ बजेसम्म चालु भै जनप्रगतिशिल फोरुमका अशोक घलेको निबासस्थान 38 rue Gabriel Péri , 93200 Saint-Denis मा पुगि बेलुकि सम्म लम्बिने छ।
दीनानाथ शर्मा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा नेपाल सरकार र माओवादी वार्ता टोलीका एक प्रमुख ब्यक्तित्व मानिनुहुन्छ भने सुरेश आलेमगर नेकपा माओवादीका अर्का बरिष्ठ नेता साथै विश्व जनप्रतिरोध आन्दोलन (डब्लुपीआरएम) दक्षिण एसियाका संयोजक हुनुहुन्छ।
आवस्यक जानकरिको निमित्त तलको टेलेफोनमा सम्पर्क गर्न सम्पर्क गर्न सक्नुहुनेछ:
अशोक न्यौपाने - ०१ ४४ ८५ ५३ ०२ वा ०६ ६३ १४ ०३ ९२
© FRANCE NEPAL info
Lire d’autres articles de Binod Khakurel