-  Mercredi 14 Avril 2021

प्रेश विज्ञप्ती: बृहत शान्ति सम्झौताको स्वागत

 नेपाली लोकतान्त्रिक मन्च, फ्रान्स
तथा
एन.आर.एन फ्रान्स

                                                         प्यारिस, २४ नोभेम्बर २००६


                  बृहत शान्ति सम्झौताको स्वागत

नेपाल सरकार र नेकपा (माओवादी) बीच गत नोभेम्बर २१ तारिखका दिन सम्पन्न बृहत शान्ति सम्झौताले हामी प्रवासी नेपालीहरु माझ उत्साह र  उमंङ्गको संचार गरेको छ। समुन्नत नेपाल निर्माणको लागि हिंसाको अन्त्य होस र देशमा समाबेशी बिकास निर्माणको ढोका खुलोस भन्ने चाहनाको प्रतिबिम्ब संझौता मार्फत गरिएको छ।  एक दशक देखि चलेको द्वन्द्व अन्त्य भएकोले दीर्घ शान्तिको क्षितीज खुलेको छ र नयाँ नेपाल निर्माणको संघारमा उभिएर पुन: सुन्दर र शान्त नेपालको परिकल्पना संभव भएको छ।

कुनै पनि नेपाली दाजु-भाइ, दिदी-बहिनीहरु मारिदा, बेपत्ता पारिदाँ हामी प्रवासी नेपालीहरुलाई पनि भय र अत्याहासले झस्काउने गर्थ्यो।  बिहान बेलुकी हात मुख जोर्न, परिवार पाल्न वा जिबिका चलाउन यता उता भौतारिदै गरेको, जुनसुकै मुल्यमा पनि देश छोड्दै हिड्ने गरेको र कतिपय अवस्थामा बिदेशका गल्लिहरुमा अलपत्रमा परेका जस्ता घट्नाहरुले हाम्रो मन बिझाउने गर्थ्यो । यस्ता बिकराल समस्याहरु अन्त्य हुने दिनको आशामा रहेका हामी प्रवासी नेपालीहरुको इच्छालाई यो शान्ति संझौताले पुरा गर्नेछ भन्ने भरोसा हामीमा पलाएको छ ।

हिँशा र  द्वन्द्वमा पुर्णबिराम लगाइ दिगो शान्तिको बिगुल फुक्दै नयाँ नेपाल निर्माण गर्न सक्ने ऐतिहासिक पृष्ठभूमि भएको यो सम्झौताले नयाँ संसद र नयाँ सरकार गठन गर्ने मात्र नभै नेपाली जनताको चाहना अनुरुपको नयाँ संबिधान कोर्दै मुलुकलाई लोकतन्त्र  तर्फ डोर्याउने आशा र बिश्वास हामीले लिएका छौ। हत्या र हिँसाका पछिल्तिर रहेका कारणहरुको खोजी गर्दै नयाँ र उदारणीय कार्यको थालनी गर्न सरकार हरबखत तत्पर रहोस भन्ने कामनापनि हामी गर्दछौं।


अन्त्यमा संझौतामा हस्ताक्षर गर्ने सरकार र नेकपा (माओवादी) साथै यसलाइ सफल तुल्याउन पहल गर्ने राजनैतिक दल, नेताहरु र नागरीक समुदाय सबैलाई धन्यवाद दिदै यो संझौताको पूर्ण स्वागत गर्दछौँ ।


                               लोकतान्त्रिक मन्च फ्रान्सका सदस्यहरु:

अनुराधा पौडेल, हेमन्त उपाध्याय,  हरिहर अर्याल, किरण प्रधान, अशोक न्यौपाने, जिता नेपाली, कविन्द्र कायस्थ र सम्पूर्ण फ्रान्सबासी नेपालीहरु

अध्यक्ष अशोक न्यौपाने

एन.आर.एन फ्रान्स






Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com