-  Lundi 21 September 2020

शान्ति सम्झौताको स्वागत गर्दै फ्रान्समा बिजय उत्सव मनाइयो

 -  Binod Khakurel

                                                                       नेपाल समाचारपत्रमा प्रकासित समाचार पढ्न भित्र आउनुहोस्

नेपाल सरकार र नेकपा (माओवादी) बीच गत नोभेम्बर २१ तारिखका दिन सम्पन्न बृहत शान्ति सम्झौताले सम्पूर्ण नेपालीहरुमा झै  फ्रान्सबासी नेपालीहरु माझ पनि उत्साह र उमंङ्गको संचार गरेको छ। यो सम्झौतालाई नयाँ नेपाल निर्माणको एक ऐतिहासिक घट्नाको रुपमा चित्रण गर्दै फ्रान्सका नेपालीहरुले प्यारिसमा शनिबार २५ नोभेम्बरका दिन स्याम्पेन खोलेर अबिरको रातो टिका निधारमा लगाउदै हर्षोल्लासका साथ बिजय उत्सव मनाए।

 
 नेपाली सास्कृतिक गृह,  एन आर एन फ्रान्स, जनप्रगतिशिल फोरुम र लोकतान्त्रिक मन्च फ्रान्सको संयुक्त आह्वानमा नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु हातमा एक-एक बोतल वाईन्, स्याम्पेन, कोन्याक्, केक लगायतका बिभिन्न खानेकुराहरु बोक्दै हँसिलो मुद्रामा भेला भएका थिए।
 
जन आन्दोलन २ असफल बनाउने प्रयास गर्दै राजाको नेतृत्वमा रहेको तत्कालिन सरकारबाट दमन गर्न खोज्दा मारिएका शहिदहरु र एघार वर्ष लामो युद्धमा जीवन गुमाएका संम्पुर्ण  नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुको संझना गर्दै उक्त कार्यक्रममा  एक मिनेटको मौन धारण गरिएको थियो।
 
सरकार र माओवादी बीच यसरि समझदारी हुनु अत्यन्तै जरुरी थियो र अब यो ऐतिहासिक सम्झौतालाइ स्थाई शान्तिमा परिणत गर्दै मुलुकलाई लोकतन्त्र  तर्फ डोर्याउनको निमत्त प्रत्येक नेपालीले आ-आफ्नो ठाउबाट आवाज उठाउनु पर्छ भन्ने बिचारमा एन आर एन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने, एन आर एन कै केन्दृय सदस्य हरिहर अर्याल, नेपालि सास्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय लगायत उपस्थित सबै नेपालिहरु एकमत हुनुहुन्थ्यो।
 

तस्बिर: नेपाली सास्कृतिक गृह का लागि एलिजावेथ दोजिएर






















































© FRANCE NEPAL info

Lire d’autres articles de Binod Khakurel



2007-03-08
Dear Sir,
I am interested to know about some more details about France and Nepali Vision. if possible will you write for me more details via email.
Sincerely yours
Ratna Bahadur Chemjong Limbu

Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com