-  Lundi 21 September 2020

प्यारिसमा नेपाल सम्बन्धि पर्यटन गोष्ठीको आयोजना

 -  Binod Khakurel

जर्मनिको बर्लिन  शहरमा  यहि मार्च ७ देखि ११ तारिकसम्म भइरहेको अन्तराष्टिय पर्यटन प्रदर्शनिमा नेपालको प्रतिनिधित्व गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव माधव प्रसाद घिमिरेको नेतृत्वमा युरोप प्रस्थान गरेको नेपाली प्रतिनिधि मन्डलले फ्रान्स आइ  ५ मार्च का दिन प्यारिसमा आयोजित एक बिशेष  पर्यटन गोष्ठीमा भाग लियो।

५८ बर्ष पुरानो नेपाल र फ्रान्स बिचको मैत्रि समबन्ध सुमधुर गराउदै आउँदा दिनहरुमा नेपालमा फ्रान्सेली पर्यटकहरुको सङ्ख्यामा ठुलो बृद्धि गर्ने उध्येश्यले  नेपाल टुरिज्म् बोर्डको फ्रान्स प्रतिनिधि तारा  मानन्धरको सकृयतामा उक्त विशेष गोष्ठीको आयोजना गरिएको थियो।

युनेस्कोको भवनमा आयोजित उक्त गोष्ठीमा फ्रान्सको सम्बैधानिक परिसदका निवर्तमान अदक्ष तथा सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्सेलि पिएर माजो , भुतपुर्ब मन्त्रि तथा सर्वप्रथम अन्नपुर्णको सफल आरोही मोरिस एर्जोग, फ्रेन्च पर्वतारोहण महासंघका सभापति पिएर यु , नेपाल सम्बन्धि बिशिष्ठ्ता हासिल गरेका समाजसस्त्री कोर्नेइ जेस्त लगायतका वक्ताहरुले नेपाल प्रति गहिरो प्रेम भाव ब्यक्त गर्नुभयो। उहाहरुलाइ पर्यटन सचिब माधव प्रसाद घिमिरेद्वारा दोसल्ला ओडाएर सम्मान गरियो।

यसै गरि कार्यक्रममा, फ्रान्सका पर्यटन ब्यबसायिहरु, पर्वतारोहिहरु, लेखक र पत्रकारहरु, नेपालि दुतावसका कर्मचारिहरु, नेपाल सम्बन्धि बिभिन्न सस्थाका सदस्यहरु, नेपाल भनेपछि हुरुक्कै हुने पुराना फ्रान्सेलिहरु र प्यारिस स्थित कृयासिल नेपालिहरु उपस्थित हुनुहुन्थ्यो।

पर्यटन सचिब माधव प्रसाद घिमिरेले के कस्ता बिचार, योजना र प्रस्तावहरु लिएर आएका छन र नेपालमा भैरहेको राजनैतिक परिवर्तन सङै पर्यटन नितिमा पनि कस्तो किसिमका सुधारहरु आउने हुन भन्ने कुराहरु जान्न यहाका पर्यटन ब्यबसायिहरु निकै उत्सुक देखिन्थे।

नेपालको थुप्रै ठुला ठुला हिमालहरुको सफल आरोहण गरि हाम्रो देशको पर्वतारोहणलाइ विस्वमा चिनाउने फ्रान्सेलिहरु नै हुन्।  वहाहरुले हाम्रो देशलाइ सधै मनपराउनु भएको छ। नेपाल द्ववन्दमा फसेको अबस्थामापनि वहाहरुको नेपाल आगमनमा खासै कमि आएन। अब मुलुक सान्ति र स्थिरताको बाटोमा अघि बढ्दै गरेको अवस्थामा नेपालप्रेमि फ्रान्सेलि मित्रहरुको सह्योग र सदभावको अझै आवस्यकता बढेको बिचार ब्यक्त गर्दै पर्यटन सचिब माधव प्रसाद घिमिरे र नेपाल पर्वतारोहण संघका सभापति आङ छिरिङ शेर्पाले आ-आफ्नो मिठो बक्तब्यमा फ्रान्सेलिहरुलाइ अझै ठुलो सङ्ख्यामा नेपाल आउन आव्हान गर्नुभयो।

पर्वतारोहिहरुले अब हिमालि क्षेत्रको वातावण संरक्षणमा पनि बिसेष योगदान गर्नु पर्ने आवस्यता प्रति सभापति आङ छिरिङ शेर्पाले ध्यानाकर्षण गर्नु भयो। 

 विगतमा शाहि नेपाल वायु सेवा निगमकोलागि फ्रान्समा कार्यभार संहाल्दै तिन दशक देखि नेपाल टुरिज्म् बोर्डको फ्रान्सका लागि प्रतिनिधि रहि पर्यटन प्रवर्धनमा बिशेस योगदान गर्दै आउनु भएको तारा मानन्धरलाई पर्यटन सचिब माधव प्रसाद घिमिरेले पदक दिइ सम्मान गर्नुभयो ।

© FRANCE NEPAL info

Lire d’autres articles de Binod Khakurel




Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com