एन आर एन फ्रान्सको तेस्रो महाधिबेशन तथा निर्वाचन सम्पन्न
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको तेस्रो महाधिबेशन तथा नयाँ कार्यसमितिको निर्वाचन ५ जुलाई २००९ का दिन पेरिस सहरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिको निर्वाचन गराउनको लागि राष्ट्रिय समन्वय परिषदले नेपाली समुदायमाझको सर्वमान्य दुइ ब्यक्तिहरु चयनगरि अन्तरराष्ट्रिय समन्वय परिषदको प्रतिनिधि समेत आम्न्त्रितगरेर तीन सदस्यिय निर्वाचन समिति गठन गरेको थियो । सो समितिमा किरणचन्द्र सिंह प्रधान संयोजक अनि कल्पना घिमिरे र जानुका गुरुङ सदस्य हुनुहुन्थ्यो
नेपाली दुतावासको भवनमा आयोजना गरिएको यस महाधिबेशनको अध्यक्षता राष्ट्रिय समन्वय परिषद अध्यक्ष्य अशोक न्यौपानेले गर्नु भएको थियो । उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट यूरोप उप- संयोजक श्रीमती जानुका गुरुङले भागलिनु भएको थियो । त्यसैगरी फ्रान्सकालागी नेपाली कार्यबाहक राजदूत जीवन प्रकाश श्रेष्ठ, उत्तर फ्रान्सकालागि नेपाली अबैतनिक बाणिज्यदूत दिदिए बेर्नाड् सहित पत्रकार मित्रहरु, फ्रान्सका बिभिन्न सामाजिक संघ-संस्थाका महानुभाबहरु एबं फ्रान्समा बसोबासगर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।
महाधिबेशनको प्रारम्भमा अध्यक्ष न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो । यूरोपकी उप- संयोजक श्रीमती गुरुङले अगस्टमा पोर्चुगलमा हुने यूरोपिय वार्षिक सम्मेलन र अक्टोवरमा काठमाडौंमा हुने चौथो बिश्व सम्मेलनको महत्व माथि प्रकाश पार्नुभयो । यसै अबसरमा अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले पठाउनुभएको पत्र श्रीमती गुरुङ्ले पढेर सुनाउनुभयो । अन्तरराष्ट्रिय समन्वन परिषद सदस्य हरिहर अर्यालले पुरानो कार्य समितिलाई बधाई र नयाँ साथीहरुलाई स्वागत गर्दै भविस्यमा एन आर एन को महत्व माथि प्रकाश पार्नुभयो। कार्यबाहक राजदुत जीवन प्रकाश श्रेष्ठले संघले खेलेको भूमिकाको सरहाना गर्दै आबश्यक सहयोगको लागि दुतावास सदा तत्पर रहने बचन-बद्धता प्रकट गर्नुभयो।
बिभिन्न पदको लागि हुने निर्वाचनमा उमेद्बारहरुको अन्तिम नामाबली घोषणा भएपछी निर्वाचन समिति सदस्य श्रीमती कल्पना घिमिरेले निर्वाचन सम्बन्धी नियम र निर्वाचनको महत्व बारे चर्चा गर्नुभयो। अनि समितिका संयोजक किरन चन्द्र प्रधानले निर्वाचन परिणाम घोषणा गरेर नव निर्बाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथसमेत खुवाउनु भयो।
राष्ट्रिय समन्वय परिषद फ्रान्सको बिधान अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य, राष्ट्रिय समन्वय परिषद अध्यक्ष लगायत ११ सदस्यहरुको प्रत्यक्ष निर्वाचन गरी निर्वाचन समितिका संयोजकबाट पद तथा गोपनियताको सपथ लिइसकेपछि बस्ने नयाँ कार्य समितिको बन्द सत्रको बैठक मार्फत बिभिन्न पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्यो ।
राष्ट्रिय समन्वय परिषद फ्रान्सको बिधान अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य, राष्ट्रिय समन्वय परिषद अध्यक्ष तथा ११ जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन गरेर यिनीहरु १३ जनाले आफुभित्र कार्य समिति पदाधिकारीको निर्वाचन गर्ने प्राबधान अनुसार निर्बाचित सबै पदाधिकारीहरु तथा सदस्यहरुले सपथ ग्रहण पश्चात नयाँ कार्य समिति तथा सदस्यहरुको बन्द सत्रको हैसियतमा बैठक बस्यो र पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्यो ।
यसरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्पन्न भएको निर्वाचन पस्चात
हरिहर अर्याल आइसीसी सदस्य,
अशोक न्यौपाने अध्यक्ष,
थमन टन्डन उपाध्यक्ष,
कृष्ण प्रसाद अधिकारी कोषाध्यक्ष,
भक्त बहादुर वाग्ले सह-कोषाध्यक्ष ,
हरीप्रसाद सापकोटा महासचिब,
शोभा उप्रेती मैनाली सचिब,
त्यसैगरी
मुकुन्दमान अमात्य,
किरण केसी,
रामहरी खकुरेल,
घनश्याम पौडेल
र प्रकाशचन्द्र पाठक
सदस्य रहेको नयाँ कार्यसमिति गठन भयो ।
महाधिबेशनको संचालन हरीप्रसाद सापकोटाले गर्नुभएको थियो।
पस्चिम फ्रान्सका नेपाली उधोगपति प्रकाशचन्द्र पाठकलाइ निर्वाचित गरि पहिलो पटक एन आर एन पेरिस शहरकोको घेराबाट बाहिर निस्कन खोजेको देखिन्छ। यस महाधिबेशनको यो सकारात्म पक्ष भने नयाँ कार्यसमितीमा केवल एकमात्र महिला निर्वाचित हुनुलाइ महिलाहरुको उचित प्रतिनित्व गराउन एन आर एन फ्रान्स अझै सफल नभएको भन्छन फ्रान्सका नेपालीहरु।
धनकुटा जिल्ला बाट २ बर्ष अघि फ्रान्स आएकी सोभा उप्रेति नवनिर्वाचित कार्यसमितीको एकमात्र महिला सदस्य हुन।
एन आर एन फ्रान्स फ्रान्सबासी नेपालीहरु माझ एक सक्रिय र साझा सस्थाको रुपमा अघि बढिरहेको भएपनि सबै नेपालीहरुलाइ अझै गोल्बन्द गराउन नसकेको गुनासो धेरैको छ।
तस्विर:- बिजेन्द्र प्रधान
2009-07-27
may i add heair
alax thapa