-  Vendredi 16 Avril 2021

एन आर एन भलिवल प्रतियोगिता सम्पन्न

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा चौथो पटक २०११ मे १४ र १५ मा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । संघले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । संघले खेलको माध्यमबाट नेपाली नेपाली वीच चिन जान अभिवृद्धि गराई राष्ट्र र नेपाली समाजको हितमा हातेमालो गर्ने उद्देश्य राखेको छ ।

फ्रान्सकमा बसोबास गर्ने युवा खेलाडीहरुको ५ टीमहरुमा नेपाली एकता समाजको २ टीम, तमुसमाज फ्रान्सको २ टीम र ला कोर्नोव नेपाली एक टीमले यस प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको सफलताको कामना व्यक्त गर्दै नेपाली राजदूतावास फ्रान्सका मिनिस्टर काउन्सुलर जिवन प्रकाश प्रकाश श्रेष्ठले प्रतियोगताको उद्घाटन गर्नु भएको थियो । खेलको सभापतित्व संघका उपाध्यक्ष तथा खेलकुद साँस्कृतिक उपसमितका संयोजक थमन वहादुर टण्डनले गर्नु भएको थियो ।

संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य हरिहर अर्यालले गैरआवासीय नेपाली संघ सबै नेपालीको प्रिय र साझा संगठन भएकोले यस प्रति चासो देखाइ सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो । कार्यक्रममा संघका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारी, सहकोषाध्यक्ष भक्त वहादुर वाग्ले, सचिव शोभा मैनाली, सदस्यहरुमा घनश्याम पौडेल, किरण के.सीको सहभागीता रहेको थियो भने महासचिव हरी प्रसाद सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतियोगितामा नेपाली समाजको A टीम प्रथम, तमु समाज फ्रान्सको A टीम दोस्रो र नेपाली एकता समाजको B टीम तेस्रो भएका थिए । विजेता टीमहरुलाई बधाई दिदैं नेपाली राजदूतावास फ्रान्सका महामहिम राजदूत मोहन कृष्ण श्रेष्ठज्यूले नगद पुरुस्कार, तक्मा र प्रमाण पत्र खेलाडीहरुलाई प्रदान गरी पुरस्कृत गर्नु भएको थियो ।

फ्रान्समा संगठित संस्थाहरुमा नेपाल साँकृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारी, पाकोफ्यान एशोसियसनका अध्यक्ष जिता कटुवाल, नेपाली तमु समाजका अध्यक्ष लक्षमण कुमार गुरुङको उपस्थिति रहेको थियो । भलिवल खेलमा रेफ्रीमा सहयोग गर्ने निर्मल अर्याल, देव राज शर्मा र अन्य लाइन हेर्ने, खाना बनाउने, आर्थिक सहयोग गरी प्रतियोगितालाई सफल पार्नेहरुलाई एनसिसि फ्रान्सका महासचिव हरी प्रसाद सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

१८ मे २०११ 
एनसिसि फ्रान्स



Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com