-  Samedi 06 Juin 2020
     

    फ्रान्सबासी नेपालीहरु संयुक्त रुपमा नेपाली वर्ष मनाउँदै

     -  रामहरी खकुरेल

    नेपाली नयाँ वर्ष २०६९ को अवसरमा फ्रान्सवासी नेपालीहरुले संयुक्त नेपाली वर्षको आयोजना गर्दैछन्। एन आर एन फ्रान्सको सक्रियतामा अप्रिल १ तारिक आईतवारका दिन पेरीस नजिकै  ला कुर्नभमा यो नयाँ वर्ष विशेष मनाउन लागिएको हो।

    फ्रान्समा कार्यरत संस्थाहरु एभरेष्ट नेपाल एसोसिएसन, नेपाल साँस्कृतिक गृह, पाको फ्यान, तमु समाज र एन आर एन फ्रान्स मिलेर उक्त कार्यक्रमको आयोजना गरिंदैछ ।

    विगत आधा सताब्दीदेखि फ्रान्समा नेपालीहरुले बसोवास गरिरहेको ईतिहाँस भएतापनि बिभिन्न संस्थाहरुको समन्वयमा संयुक्त नेपाली नयाँ वर्ष मनाउलागेको यो पहिलो अवसर हो । यसले फ्रान्सवासी नेपालीहरु वीच आत्मीयता प्रगाढ गर्नुका साथै नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्न सहयोग पुर्याउने विस्वास गरिएको छ।

    प्रवासमा रहेका नेपालीहरु वीच समन्वय र भातृत्व कायम राख्दै नयाँ शैलीको विकास गर्न  यस कार्यक्रमको आयोजना गर्न लागिएको एन आर एन फ्रान्सका अध्यक्ष निर्मल अर्यालले जानकारी दिनुभयो।
    कार्यक्रम: २०६९ अप्रिल १ मध्यान्न १२ वजे देखि साँझ ५ :३० बजेसम्म
    स्थान: Maison de l'Enfance, 56 rue Anatole France, 93120 La Courneuve,
    Métro: La Courneuve - 8 mai 1945
    प्रवेश शुल्क: ५ यूरो

    (Ramhari KHAKUREL)
    © FRANCE NEPAL info

    Lire d’autres articles de रामहरी खकुरेल




    Vous êtes prié de bien vouloir marquer vos impressions !

    Nom-Prénom (*)
    e-Mail
    Commentaire (*)
    Sec Image
    Cette étape sert à éviter les inscriptions automatisées
    francenepal.info Web Google

    ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
    Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com