गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको तेस्रो महाधिबेशन तथा नयाँ कार्यसमितिको निर्वाचन ५ जुलाई २००९ का दिन पेरिस सहरमा सफलतापूर्वक सम्पन्न भएको छ । नयाँ कार्यसमितिको निर्वाचन गराउनको लागि राष्ट्रिय समन्वय परिषदले नेपाली समुदायमाझको सर्वमान्य दुइ ब्यक्तिहरु चयनगरि अन्तरराष्ट्रिय समन्वय परिषदको प्रतिनिधि समेत आम्न्त्रितगरेर तीन सदस्यिय निर्वाचन समिति गठन गरेको थियो । सो समितिमा किरणचन्द्र सिंह प्रधान संयोजक अनि कल्पना घिमिरे र जानुका गुरुङ सदस्य हुनुहुन्थ्यो...
» Commentaire(1)
जर्मनिको बर्लिन शहरमा यहि मार्च ७ देखि ११ तारिकसम्म भइरहेको अन्तराष्टिय पर्यटन प्रदर्शनिमा नेपालको प्रतिनिधित्व गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव माधव प्रसाद घिमिरेको नेतृत्वमा युरोप प्रस्थान गरेको नेपाली प्रतिनिधि मन्डलले फ्रान्स आइ ५ मार्च का दिन प्यारिसमा आयोजित एक बिशेष पर्यटन गोष्ठीमा भाग लियो । ५८ बर्ष पुरानो नेपाल र फ्रान्स बिचको मैत्रि समबन्ध सुमधुर गराउदै आउँदा दिनहरुमा... ( Binod Khakurel )
» Commentaire
नेपाल सरकार र नेकपा (माओवादी) बीच हालै सम्पन्न बृहत शान्ति सम्झौतालाई नयाँ नेपाल निर्माणको एक ऐतिहासिक घट्नाको रुपमा चित्रण गर्दै फ्रान्सका नेपालीहरुले प्यारिसमा शनिबार २५ नोभेम्बरका दिन स्याम्पेन खोलेर अबिरको रातो टिका निधारमा लगाउदै हर्षोल्लासका साथ बिजय उत्सव मनाए... ( Binod Khakurel )
(प्यारिस, २४ नोभेम्बर) नेपाल सरकार र नेकपा (माओवादी) बीच गत नोभेम्बर २१ तारिखका दिन सम्पन्न बृहत शान्ति सम्झौताले हामी प्रवासी नेपालीहरु माझ उत्साह र उमंङ्गको संचार गरेको छ। समुन्नत नेपाल निर्माणको लागि हिंसाको अन्त्य होस र देशमा समाबेशी बिकास निर्माणको ढोका खुलोस भन्ने चाहनाको प्रतिबिम्ब संझौता मार्फत गरिएको छ। एक दशक देखि चलेको द्वन्द्व अन्त्य भएकोले दीर्घ शान्तिको क्षितीज खुलेको छ र नयाँ नेपाल निर्माणको संघारमा उभिएर पुन: सुन्दर र शान्त नेपालको परिकल्पना संभव भएको छ...
युरोप भ्रमणमा रहनुभएका नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का केन्द्रीय नेता, पार्टिका बिदेस बिभाग प्रमुख तथा भुतपुर्ब पर्यटन मन्त्री भिम रावल नेपालको बर्तमान राजनैतिक स्थिति साथै अघिल्लो हप्ता नेपाल सरकार र माओवादी बिच भएको ऐतिहासिक सहमति लगायतका बिषयहरुमा फ्रान्सबासि नेपाली समुदायमाझ छलफल गर्न सोमबार १३ तारिकका दिन प्यारिस आउदै हुनुहुन्छ...( Binod Khakurel )
युरोप भ्रमणमा रहनुभएका नेकपा (माओवादी)का केन्द्रीय नेता तथा नेपाल सरकार र माओवादी वार्ता टोलीका सद्स्य दीनानाथ शर्मा अनि अर्का बरिष्ठ नेता साथै विश्व जनप्रतिरोध आन्दोलन दक्षिण एसियाका संयोजक शुरेस आलेमगर नोभेम्बर २ तारिकका दिन प्यारिसमा नेपालि समुदाय बिच अन्तरक्रिया कार्यक्रमहरुममा सम्लग्न हुनुभयो...( Binod Khakurel )
युरोप भ्रमणमा रहनुभएका नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा नेपाल सरकार र माओवादी वार्ता टोलीका एक प्रमुख ब्यक्तित्व दीनानाथ शर्मा सङ्ग बेल्जियमबाट नेपाली जनप्रगतिशिल मन्चका साथिहरुले अगिल्लो हप्ता तयार पार्नु भएको एक भिडिओ अन्तर्वार्ता हेर्न भित्र आउनुहोस...
युरोपको राजनैतिक भ्रमणमा रहनुभएका नेकपा माओवादीका नेताद्वय दिनानाथ शर्मा तथा शुरेस आलेमगर आगामि बिहिबार नोभेम्बर २ तारिकका दिन प्यारिस आइपुग्दै हुनुहुन्छ । जनप्रगतिशिल फोरुम र नेपालि लोकतान्त्रिक मन्च फ्रान्सको सकृयतामा प्यारिस बासि नेपाली समुदायमाझ नेपालको बर्तमान राजनैतिक स्थिति र शान्तिवार्ता लगायतका बिषयहरुमा सोहि २ तारिककै दिन एक बिशेस छलफल कार्यक्रमको आयोजना गरिने भएको छ... ( Binod Khakurel )
नायक राजेश हमालले फ्रान्सको राजधानि पेरिस पुगेर त्यहाँ आयोजित एक समारोहमा स्वच्छ तरिकाबाट संविधान सभाको निर्वाचन गरेर त्यसलाई सबैले मान्नुपर्ने धारणा अघि सारेका छन्।आगामी डिसेम्बर महिनादेखि फ्रान्सबाट सञ्चालन गर्न लागिएको फ्रान्स-नेपाल म्यागाजिनद्वारा हालै पेरिसमा आयोजित कार्यक्रममा हमालले फ्रान्सवासी नेपालीसँग मुलुकको राजनीतिक, सांस्कृतिक र कला क्षेत्रका बारेमा आफना विचार व्यक्त गर्ने क्रममा सो धारणा राखेका हुन्... ( Nepal Samacharpatra )
अमेरिकाको न्युयोर्क र कोलोम्बस शहरमा बसोबास गर्ने आफ्ना दिदी-बहिनी सँग भाइटिका मनाउन जाने क्रममा राजेश हमाल लन्डन हुदै गत शुक्रबार ६ तारिकमा प्यारिस आइपुग्नु भयो। फ्रान्स नेपाल इन्फो द्वारा बुधबार साँझ आयोजित एक कार्यक्रममा प्यारिसमा बसोबास गर्ने नेपाली...( Binod Khakurel )